शुक्रबार, वैशाख १२, २०८२

विकास बैंकहरुको तेस्रो त्रैमास, नारायणीबाहेक सबै नाफामा

नेपालखोज २०८२ वैशाख ८ गते २१:४१


काठमाडौं । विकास बैंकहरुको खुद मुनाफा सन्तोषजनक देखिएको छ । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु मध्येमा हालसम्म १२ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा क्षेत्रियस्तरको नारायणी डेभलपमेन्ट बैंक बाहेकका सबै बैकहरुले नाफा कमाएका छन् ।

अपरिष्कृत वित्तीय विवरण अनुसार मितेरी डेभलपमेनट बैंकले चालु आवको तेस्रो त्रैमासमा नौं करोड २४ लाख ५६ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा कर्पोेरेट डेभलपमेन्ट बैंकले पनि एक करोड ७७ लाख ८१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । महालक्ष्मी बिकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा ४३ करोड ६५ लाख ५९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

ज्योति र मुक्तिनाथ बिकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ३० करोड ६६ लाख ११ हजार रुपैंयाँ र ७२ करोड ४८ लाख ५२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । क्षेत्रियस्तरको नारायणी डेभलपमेन्ट बैंकले भने चालु आवको तेस्रो त्रैमासमा एक करोड २६ लाख ७४ हजार रुपैंयाँ खुद नोक्सानी बेर्होदा क्षेत्रियस्तरकै सिन्धु बिकास बैंकले सात करोड ८४ लाख ५१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

गरिमा र लुम्बिनी बिकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ३३ करोड ३४ लाख ९१ हजार र चार करोड ९७ लाख ८३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । साँग्रिला र ग्रीन डेभलपमेन्ट बैंकले भने पछिल्लो अवधिमा क्रमशः ४३ करोड ४२ लाख १८ हजार र दुई करोड १२ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

क्र.स बिकास बैंकको नाम खुद मुनाफा
१ मितेरी डेभलपमेन्ट बैंक ९२४५६.२५
२ कर्पोरेट डेभपमेन्ट बैंक १७७८१.६२
३ महालक्ष्मी बिकास बैंक ४३६५५९.४४
४ कामना सेवा बिकास बैंक ४९३१८४.५६
५ ज्योति बिकास बैंक ३०६६११.८४
६ मुक्तिनाथ बिकास बैंक ७२४८५२
७ नारायणी डेभलपमेन्ट बैंक –१२६७४.६६
८ सिन्धु बिकास बैंक ७८४५१.०३
९ गरिमा बिकास बैंक ३३३४९१.२८
१० लुम्बिनी बिकास बैंक ४९७८३.५६
११ साँग्रिला डेभलपमेन्ट बैंक ४३४२१८.३३
१२ ग्रीन डेभलपमेन्ट बैक २१२८४.९

प्रतिक्रिया