फाइनान्स कम्पनीको अवस्था कमजोर, वित्तीय विवरण सार्वजनिक गरेका मध्ये पाँच वटा फाइनान्स खुद नोक्सानीमा

काठमाडौं । फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको छ ।
सञ्चालनमा रहेका १७ वटा मध्ये हालसम्म १५ वटा फाइनान्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा पाँच वटा फाइनान्स कम्पनीले खुद नोक्सानी बेहोर्नुले पनि फाईनान्स कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा समृद्धि, जानकी र गोर्खाज फाइनान्सले खुद नोक्सानी बेहोरेका छन् । यि फाइनान्सले क्रमश :तीन करोड ५७ लाख छ हजार, १२ करोड ८३ लाख २५ हजार र छ करोड २१ लाख ८२ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका हुन । रिलायन्स र बेष्ट फाईनान्सले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १७ करोड ४७ लाख ११ हजार र सात करोड ६२ लाख एक हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् ।
चालु आवको तेस्रो त्रैमासमा मल्टीपर्पस फाईनान्सले दुई करोड १६ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने पोखरा फाईनान्सले पाँच करोड ८१ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
गुडविल, मञ्जुश्री र प्रोग्रेसिभ फाईनान्समा पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक करोड ५२ लाख २२ हजार, १७ करोड ११ लाख १९ हजार र नौं करोड चार लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
आईसीएफसी, गुहेश्वरी मर्चेन्ट र सेन्ट्रल फाईनान्सले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १९ करोड ५० लाख ९३ हजार, तीन करोड २४ लाख ९० हजार र चार करोड ९१ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
सेन्ट्रल र नेपाल फाईनान्सले भने चालु आवको पछिल्लो अवधिमा क्रमशः एक करोड ६९ लाख ७७ हजार र १७ लाख रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ ।
प्रतिक्रिया