रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने अदालतकाे आदेश
नेपालखोज
२०८२ वैशाख ९ गते १३:४७

काठमाडौं । रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका रविको निवेदनको सुनुवाइ न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो ।
रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।
अब अर्को दिन २ न्यायाधीश भएको संयुक्त इजलासमा पेशी तोकिनेछ ।
सम्बन्धित
प्रतिक्रिया