शुक्रबार, वैशाख १२, २०८२

किशोरकिशोरीहरू टाढिदैछन सामाजिक सञ्जालबाट

नेपालखोज २०८२ वैशाख ११ गते १३:०२

काठमाडौं । अमेरिकाका ८९ प्रतिशत अभिभावक तथा ७७ प्रतिशत किशोरकिशोरीहरूले सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा पार्ने असरका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् ।

४४ प्रतिशत अमेरिकि अभिभावकहरुले सामाजिक सञ्जाल मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने मुख्य कारक भएको बताएका छन् भने त्यस्तो धारणा राख्ने किशोरकिशोरीहरुको संख्या २२ प्रतिशत छ ।

हालै सार्वजनिक प्यू रिसर्च सेन्टरको एक प्रतिवेदन अनुसार झण्डै आधा अमेरिकी किशोरहरूले सामाजिक सञ्जाल आफ्ना उमेर समूहका लागि नकारात्मक भएको बताएका छन् । यसका साथै, ४४ प्रतिशत किशोरकिशोरीहरूले आफूले सामाजिक सञ्जालमा बिताउने समय कटौती गरेको जानकारी दिएका छन् ।

अध्ययनमा सहभागी किशोरकिशोरीहरूले सामाजिक सञ्जालका कारण आत्मविश्वासको कमी, सुत्ने समयमा गडबडी तथा मानसिक तनाव जस्ता समस्याहरू बढेको महसुस गरेको बताएका छन् । विशेषगरी किशोरीहरूमा यसको नकारात्मक प्रभाव बढी देखिएको छ । उनीहरूले सामाजिक सञ्जालका कारण आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो भएको र उत्पादनशीलतामा कमी आएको गुनासो पनि गरेका छन् ।

लगभग ६० प्रतिशत किशोरकिशोरीहरूले सामाजिक सञ्जाललाई आफ्नो सिर्जनात्मकता देखाउने माध्यम मानेका छन् भने धेरैले साथीभाइहरूसँग जोडिन र उनीहरूको जीवनका बारेमा अपडेट हुन मद्दत पुगेको बताएका छन् ।

प्रतिक्रिया