शुक्रबार, वैशाख १२, २०८२

शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै २३औँ दिन पनि शिक्षक आन्दोलन जारी

नेपालखोज २०८२ वैशाख ११ गते १४:४७

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार २३औँ दिन पनि आन्दोलन जारी राखेका छन् ।

आफुहरुसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकले बिहीबार पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् । शिक्षकहरु सडकमा गीतमार्फत व्यङ्ग्य गर्दै नाँचगानसहित आन्दोलनमा सहभागी भएका छन् भने केहि शिक्षक सडकमा जादू देखाउदै मनोरञ्जन गराइरहेका छन् ।

यस्तै जारी आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिले सडकमा नै खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आन्दोलनमा सहभागी भएका शिक्षकहरुले रक्तदान गरेका छन् ।

महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ । सरकारले आफुहरुको माग सम्बोधन नगरेकाले आफुहरु आन्दोलनमा सहभागी भएको शिक्षकहरुले जनाएका छन् ।

प्रतिक्रिया