शुक्रबार, वैशाख १२, २०८२

सातामा ४० अर्ब ९८ करोडको कारोबार

२६ सय ५८ बिन्दुमा शेयर बजार,

नेपालखोज २०८२ वैशाख १२ गते १२:५२

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २६ सय ५८ दशमलव दुई बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४७ दशमलव २६ बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ५९ हजार दुई सय ६० पटकको कारोबारमा १० करोड ३३ लाख १५ हजार तीन सय ९४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४० अर्ब ९८ करोड ५४ लाख ९० हजार सात सय ८२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैंयाँले बढी हो
गत साता तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।

जसअनुुसार दुई लाख ७८ हजार छं सय ४० पटकको कारोबारमा सात करोड ५४ लाख १५ हजार छ सय ३८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३२ अर्ब ८८ करोड ७१ लाख ३९ हजार छ सय ५६ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । सो मध्ये पहिलो चार कार्य दिन लगातार ओरालो लागेको नेप्से परिसुचक पाँचौं दिन भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक १६ दशमलव ६८ अंकले ओरालो लागेर २७ सय छ दशमलव चार बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ५८ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक सात दशमलव ५५ अंकले ओरालो लागेर २६ सय ९८ दशमलव २८ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ८१ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक नौं दशमलव १९६ अंकले ओरालो लागेर २६ सय ८८ दशमलव ३२ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले ओरालो लागेर चार सय ५१ दशमलव ८९ बिन्दुमा झरेको थियो । चाैंथो कारोबार दिन पनि नेप्से परिसुचक ३२ दशमलव ३८ अंकले ओरालो लागेर २६ सय ५५ दशमलव ९४ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८६ अंकले ओरालो लागेर चार सय ४६ दशमलव तीन बिन्दुमा झरेको थियो ।

पाँचौं कारोबार दिन भने नेप्से परिसुचक दुई दशमलव आठ अंकले उकालो लागेर २६ सय ५८ दशमलव दुई बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले उकालो लागेर चार सय ४७ दशमलव २६ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर पार्टनर लिमिटेड आदि परेकाछन् । सेयर कारोवार भएको संख्याको आधारमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल पुर्नबीमा कम्पनी नैं अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२८ ७४०४५ २१३२३९६७ ८४३३५८९७८५.२९
दोस्रो दिन ३१९ ७८६७८ २१२०३७६६ ८७७५७२०२९३.६४
तेस्रो दिन ३१९ ७१६९४ २२५५५७१३ ८३२१२८२१८८.८४
चौंथो दिन ३०८ ६४१४० १८४७७७०३ ७५७५५१७२४६.७६
पाँचौं दिन ३०८ ७०७०३ १९७५४२४५ ७८७९३८१२६८.२८
कुल ३२८ ३५९२६० १०३३१५३९४ ४०९८५४९०७८२.७१
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया