शुक्रबार, वैशाख १२, २०८२

चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी : अमेरिकी सञ्चारमाध्यम

नेपालखोज २०८२ वैशाख १२ गते १८:३८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग करका विषयमा कुराकानी भएको बताएका छन् ।

ट्रम्पले चिनियाँ सामानमा लगाएको नयाँ करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो तनाबबीच यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले चीनबाट आयात हुने अधिकांश उत्पादनमा १४५ प्रतिशतसम्म कर लगाएको छ ।

चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गरिरहेको कुरा अस्वीकार गर्दै आएको छ तर ट्रम्पले आगामी केही हप्तामा दुई देशबीच सम्झौता हुने अपेक्षा गरेको बताए ।

ट्रम्पले अनुचित व्यापार अभ्यासको प्रतिशोधका साथै अमेरिकी उत्पादन क्षमतालाई पुनस्र्थापित गर्ने प्रयासको रूपमा रहेको कर आक्रमणले विश्व बजारलाई त्रसित बनाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ ।

प्रतिक्रिया