शुक्रबार, वैशाख १२, २०८२

आगलागीबाट चार वर्षीय बालकको मृत्यु

नेपालखोज २०८२ वैशाख १२ गते १९:४८

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका-१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट-१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उहाँका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया