शुक्रबार, वैशाख १२, २०८२

बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

नेपालखोज २०८२ वैशाख १२ गते २१:१८

गोरखा । गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७.८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो प्रदर्शनीको उद्घाटन गरे । भूकम्पका बेला खिचिएका बारपाकका ६० वटा फोटो प्रदर्शनीमा राखिएको पत्रकार तिमिल्सिनाले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री दाहालसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टलगायत स्थानीयबासीले प्रदर्शनी अवलोकन गरेका थिए ।

भूकम्पका कारण केन्द्रबिन्दु बारपाक गाउँमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया