सभापति देउवाद्वारा दु:ख व्यक्त
नेपालखोज
२०८२ वैशाख १३ गते १२:३५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान ११:०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
दिउँसो १:०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न २:०० बजे काठमाडौंको टेकु दोभानमा उनको दाहसंस्कार गरिनेछ ।
सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सम्बन्धित
प्रतिक्रिया