सुनसरीको बराहक्षेत्रबाट १७७ किलो गाँजासहित दुई जना नियन्त्रणमा
नेपालखोज
२०८२ वैशाख १३ गते १७:५८

काठमाडौं । बैशाख १२ गते सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिर नजिकैबाट करीव १७७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँको सिलमारा बस्ने ३० बर्षिय दिपक राई र धनकुटा जिल्लाको शहिदभूमिका गाउँपालिका-१ छिन्ताङ्ग बस्ने ५७ वर्षिय धन बहादुर राई छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट खटिएको सुरक्षा फौजले सोही ठाउको झाडीमा लुकाई अर्को ठाउँमा लैजान लागेको अवस्थामा उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
सम्बन्धित
प्रतिक्रिया