शेरबहादुर खड्का स्मृति भलिबल : उपाधि नेपाल पुलिस क्लबले जित्याे

नेपालखोज २०८२ वैशाख १३ गते १७:१६

काठमाडौं । आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिस क्लबले एपिएफमाथि २५-१५, २५-२३ र २५-१६ ले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार प्राप्त गर्यो भने उपबिजेता एपिएफले २ लाख ५० हजार प्राप्त गर्यो । प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको थियो ।

प्रतिक्रिया