आइतबार, वैशाख १४, २०८२

ईरानको प्रमुख बन्दरगाहमा विस्फोट स् चार जनाको मृत्यु, सयौं घाइते

नेपालखोज २०८२ वैशाख १४ गते १०:११

काठमाडौं । ईरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा शनिबार भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा चार जनाको ज्यान गएको र पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको ईरानी सञ्चार माध्यमले जनाएका छन् ।

विस्फोटको कारण यकिन भइनसकेको भए पनि बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट यो घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनास्थलमा उद्धार तथा आगो नियन्त्रण कार्य जारी छ । राष्ट्रपति मसउद पेसेश्कियानले पीडितप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिए ।

सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको र घाइतेहरूलाई नजिकैका स्वास्थ्य केन्द्रमा उपचारको लागि स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया