नुवाकोटको चौघडामा साइबर सुरक्षा तालिम, करिब १०० महिला सहभागी

काठमाडौं । टोखा नगरपालिका दर्ता भई क्रियाशील गैरसरकारी संस्था बिष्णु–सरस्वती फाउण्डेशनले २०८२ वैशाख १२ गते शुक्रबारको दिन नुवाकोटको लिखु गाउँपालिका–चौघडामा महिला दिदिबहिनीहरूको लागि साइबर सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ।
डिस मिडिया नेटवर्क लिमिटेडसँगको सहकार्यमा आयोजना गरिएको उक्त तालिम कार्यक्रममा करिब १०० जना महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई साइबर सुरक्षा सम्बन्धी आधारभूत जानकारी दिइयो, साथै अनलाइन ठगी, डिजिटल उत्पीडन, सामाजिक सञ्जाल प्रयोगमा सावधानी, र साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरियो।

संस्थाका अध्यक्ष श्री अम्बिका शर्मा लामिछाने ज्युले आफ्ना माता सरस्वती लामिछाने र पिता विष्णु प्रसाद लामिछानेको सम्झनामा वि.सं. २०६८ मा स्थापना गर्नुभएको यस फाउण्डेशनले स्थापनाकालदेखि नै महिला र बालबालिकाको सशक्तिकरणमा केन्द्रित रही विभिन्न शैक्षिक तथा शिपमूलक तालिम कार्यक्रमहरू संचालन गर्दै आएको छ।
यो तालिम कार्यक्रमले स्थानीय महिला समुदायलाई डिजिटल युगमा सुरक्षित रहन र आफ्ना अधिकारको रक्षा गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
यो खालको तालिम कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिने संस्थाले जनाएको छ।
तालिमप्रति सहभागिहरूले धन्यवाद व्यक्त गर्दै यस्तो ज्ञानमूलक कार्यक्रमले आफूहरूलाई सशक्त बनाएको अनुभव सुनाएका थिए।
प्रतिक्रिया