परस्पर विश्वासका आधारमा दल अघि बढ्नुपर्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरु अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरु ठूला दलहरु पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताए । उनले दलबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे ।
आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसंग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए ।
सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोधमात्रै नभइ रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अहिलको व्यवस्थालाई सफल पार्न सवै मिलेर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरि शिक्षकको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे ।
प्रतिक्रिया