स्थानीय तहमा आपत्कालीन गोदामघर बनाउन गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार काठमाडौंमा गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ कार्यक्रममा मन्त्री लेखकले विपद्सम्बन्धी बिषयमा सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए । काठमाडौंमा बसेर नीति निर्माण गरेपनि त्यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै भएको उहाले बताए ।
उनले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरु राख्नुपर्ने बताए । उनले चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिदै काठमाण्डौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
उनले विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने धारणा राखे

प्रतिक्रिया