सोमबार, वैशाख १५, २०८२

पानीकाे फोहोरा हान्दा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते

नेपालखोज २०८२ वैशाख १४ गते १८:४०

काठमाडौं । जारी शिक्षकहरुकाे आन्दोलनमा निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो ।

सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।

प्रतिक्रिया