सोमबार, वैशाख १५, २०८२

लगानी बोर्डले गर्‍याे रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत

नेपालखोज २०८२ वैशाख १४ गते १९:१६

काठमाडाैं । लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए ।

त्यस्तै बैठकमा बोर्डका सीईओ सुशिल ज्ञवालीले ६०र्औ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका बिषयहरुका बारेमा जानकारी गराउनुभएको प्रवक्ता उपाध्यायले बताए ।

बैठकका लागि तय भएका १९ वटा एजेण्डामध्ये आइतबार २ वटा एजेण्डामाथि मात्रै छलफल भएको र अन्य एजेण्डाका बिषयमा अर्को साता बस्ने बैठकमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया