मंगलबार, वैशाख १६, २०८२

यारी नाका भन्सार कार्यालय ४ महिनापछि सञ्चालनमा

नेपालखोज २०८२ वैशाख १५ गते ९:५७

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुन: सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुन: हिल्सामा पुगेपछि सेवा सुरु भएको हो ।

सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । 

नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ । 

प्रतिक्रिया