लागूऔषधसहित तीन जना पक्राउ
नेपालखोज
२०८२ वैशाख १५ गते १०:३९

काठमाडौं । झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८७० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका-१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय संतोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन् । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ५८० ग्रामसहित गौरीगंगा नगरपालिका-८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया