सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ वैशाख १५ गते ११:०४

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा तोलामा १ हजार ४०० रुपैयाँले घटेर १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया