मन्त्रिपरिषद् बैठक अपराह्न पाँच बजे बस्ने
नेपालखोज
२०८२ वैशाख १५ गते ११:४८

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न पाँच बजे बस्ने भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौंमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे सरकारले कुनै निर्णय गरेको छ । यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको नियुक्तिबारे निर्णय हुनसक्ने सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया