शिक्षकको मागलाई सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षकहरुको मागलाई सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा थापाले शिक्षकहरुको मागका लागि भइरहेको प्रयासका बारेमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन माग गरे ।
सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी शिक्षामन्त्रीले सदनबाट आश्वस्त पार्नुपर्ने उहाले बताए । शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुंग्याउने प्रक्रियामा रहेको र त्यसका लागि संसदीय समितिको उपसमितिमा निरन्तर छलफल भइरहेको जानकारी गराएका छन् ।
शिक्षक आन्दोलनका क्रममा भएको घटनाप्रति दुखद रहेको भन्दै उहाले आन्दोलनका नाममा हुने दमन उचित नभएको बताए । उहाले शिक्षकलाई समेत संयमित भएर आफ्ना मागका बारेमा शान्तिपूर्ण तवरले ध्यानाकर्षण गराउन सुझाव दिए ।
प्रतिक्रिया