सोमबार, वैशाख १५, २०८२

उत्तर कोरियाद्वारा रुसको कुर्स्क क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको पुष्टि

नेपालखोज २०८२ वैशाख १५ गते १५:०५

काठमाडौं । उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको छ । सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको जनाएको छ ।

यो स्वीकारोक्ति रुसले उत्तर कोरियाको सहभागिता पुष्टि गरेको केही दिनपछि आएको हो । दक्षिण कोरियाली र पश्चिमी गुप्तचर एजेन्सीहरूले लामो समयदेखि प्योङयाङले गत वर्ष कुर्स्कमा मद्दत गर्न १० हजारभन्दा बढी सैनिक पठाएको जनाएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनको सेना तैनाथ गर्ने निर्णय आपसी रक्षा सन्धिअनुसार भएको बताइएको छ ।

किमले राजधानीमा ‘युद्धका उपलब्धिहरू’ को स्मारक चाँडै निर्माण गरिने बताउनुभयो र युद्धमा उत्तर कोरियाली सैनिकहरू मारिएको सार्वजनिक रूपमा पुष्टि गर्दै ‘मारिएका सैनिकहरूको चिहानहरू’ को उल्लेख गरे ।

केन्द्रीय सैन्य आयोगका अनुसार युक्रेनी अधिकारीहरूद्वारा रूसी सङ्घको साहसिक आक्रमणलाई रोक्न कुर्स्क क्षेत्रलाई मुक्त गर्ने अपरेसनहरू विजयी रूपमा सम्पन्न भयो ।

शनिबार रुसी प्रमुख स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको ‘वीरता’ को प्रशंसा गर्नुभयो । उहाँका अनुसार उत्तर कोरियाली सैनिकहरूले युक्रेनी सशस्त्र बलको समूहलाई पराजित गर्न महत्त्वपूर्ण सहयोग प्रदान गरे ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार एक नियमित प्रेस ब्रिफिङमा उत्तर कोरियाको सेनाको तैनाथीले संयुक्त राष्ट्र सुरक्षा प्रस्तावहरूको उल्लङ्घन गरेको बताएको छ ।

प्रतिक्रिया