सोमबार, वैशाख १५, २०८२

एनएसएल सिजिन ३ कि ब्राण्ड एम्बेसडर राईलाई हिरो जुम ११० प्रदान

नेपालखोज २०८२ वैशाख १५ गते १७:२६

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को समापन समारोहको अवसरमा, नेपाली राष्ट्रिय महिला फुटबल टोलीका विशिष्ट खेलाडी तथा एनएसएल सिजन ३ की ब्राण्ड एम्बेसडर प्रिती राईलाई सी.जी. हिरो मोटोकर्पको नौलो प्रस्तुति हिरो जुम ११० स्कुटर सम्मान स्वरूप प्रदान गरिएको छ ।

दशरथ रंगशालामा आयोजित एनएसएल सिजन ३ को समापन समारोहमा, चौधरी फाउण्डेशनकी सदस्य सारिका चौधरीले खेलाडी राईलाई हिरो जुम ११० को साँचो हस्तान्तरण गरेकी हुन । यो सम्मान उनीद्वारा नेपाली महिला फुटबलको क्षेत्रमा पु¥याउनु भएको उत्कृष्ट योगदान, प्रेरणादायी प्रदर्शन तथा एनएसएलको सफल प्रवद्र्धनमा निर्वाह गर्नु भएको उल्लेखनिय भूमिकालाई उच्च मूल्याङ्कन तथा कदर गर्दै सो सम्मान प्रदान गरिएको चौधरी फाउण्डेशनकी सदस्य चौधरीले बताएकी छन् ।

प्रिती राईको अथक समर्पण र प्रेरणाले नेपाली खेलकुदमा महिलाहरूको पहिचान उजागर गर्नुका साथै युवाहरूलाई खेलकुदमा अग्रसर हुन प्रेरित गरेको छ । यो सम्मान कार्यक्रमले महिलाको सशक्तिकरण र खेलकुदमा उहाँहरूको उपलब्धिलाई उजागर गर्दै, सी.जी. हिरो मोटोकर्पले खेलाडी तथा युवा प्रतिभाहरूलाई सम्मान गदै आईरहेकोमा सोही कार्यलाई पूनः निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन् ।

उपहार स्वरूप प्रदान गरिएको हिरो जुम ११० स्कुटर, नविनतम प्रविधि र आकर्षक प्रदर्शनको सम्मिश्रण भएको कम्पनीले जानकारी दिएको छ । हिरो जुमको यस मोडलमा कम्पनीले पहिलो पटक हिरो ईन्टेलिजेन्ट कर्नर लाइट्स, पूर्ण डिजिटल स्पिडो मिटर (आर.टी.एम.आई. डी.टी.ई. सहितको) का साथै, ब्लुटूथ कनेक्टिभिटी मार्फत कल तथा एसएमएस अलर्ट सुविधापनि उपलब्ध गराएको छ ।

आई.थ्री.एस. प्रविधिमा आधारित उक्त मोडलको स्कूटरले ०–६० किलोमिटर प्रतिघण्टाको गति जम्मा ९.३५ सेकेन्डमा लिने क्षमता बोकेको छ । १२ इन्चका टायरद्वारा सुसज्जित यो स्कूटरले सहज र सन्तुलित यात्राको सुनिश्चितता प्रदान गर्ने कम्पनीको भनाइ छ । यसमा फ्रन्ट डिस्क ब्रेकका साथै ईन्टिग्रेटेड ब्रेकिंग प्रणाली प्रविधि अपनाइएको छ । साथै, यसमा मोबाइल चार्जिंङका लागि यू.एस.बी. चार्जिङ सुविधापनि उपलब्ध गराउएको छ ।

सी.जी. हिरो मोटोकर्पद्वारा आगामी दिनहरूमा पनि नेपाली खेलकुद तथा युवाहरूका सपनाहरूलाई साथ र समर्थन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया