मंगलबार, वैशाख १६, २०८२

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

नेपालखोज २०८२ वैशाख १६ गते १४:३१

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् ।

सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताए । बैठकको विशेष समयमा उनले भने, कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ ।

राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ । सांसद महेन्द्र राय यादवले शिक्षकहरुका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने, आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ । कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया