मंगलबार, वैशाख १६, २०८२

सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले

नेपालखोज २०८२ वैशाख १६ गते १५:३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोबारको प्रतिनिधिसभा बैठकमा आफुले अश्लील नबोलेको बताए ।

उनले भने, अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन ।

यसैगरी उनले आफुले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ ।

प्रतिक्रिया