काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’
नेपालखोज
२०८२ वैशाख १६ गते २१:२६

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता काश्मिरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अपरेशनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतले मङ्गलबार एएफपीलाई जानकारी दिएको छ ।
स्रोतका अनुसार मोदीले सेना र सुरक्षा प्रमुखहरूलाई बन्द कोठामा भएको बैठकमा आतङ्कवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प भएको बताएका थिए ।
मोदीले भने, ‘काश्मिरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ ।’ रासस/एएफपी
सम्बन्धित
प्रतिक्रिया