मंगलबार, वैशाख १६, २०८२

पोखरीमा डुबेर दुई बालकको मृत्यु

नेपालखोज २०८२ वैशाख १६ गते २२:०५

महेन्द्रनगर (धनुषा) । महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंहको आज डुबेर मृत्यु भएको हो । आयुषकुमार आफ्नो आफन्तको घरमा आएका थिए ।

प्रहरीका अनुसार, पोखरीमा डुबेर अशक्त भएका उनीहरूको उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो तर उपचारका क्रममा दुवैको ज्यान गएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए । रासस

प्रतिक्रिया