रिहा भए पाकिस्तानी जेलमा रहेका ८ सय बढी अफगानी कैदी
नेपालखोज
२०८२ वैशाख १७ गते ८:२७

काठमाडौं । पाकिस्तानी जेलमा रहेका ८ सय २० जना अफगानी कैदी रिहा भएका छन् ।
उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो ।ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ ।
अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया