छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरकाे आग्रह
नेपालखोज
२०८२ वैशाख १७ गते १०:२६

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई आग्रह गरेकाे छ ।
काठमाडौं महानगरले एक एक सूचना जारी गरी महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ ।
महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय मान्य हुने जनाएको छ । छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ९३० अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट मात्र वितरण गर्नु पर्ने महानगरको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया