नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि पार्टीबीचको एकता घोषणा सभा स्थगित
नेपालखोज
२०८२ वैशाख १७ गते १४:२६

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको जानकारी पाएको उनले बताए । उनले दुई पार्टीलाई एकता हुन नदिनका लागि चौधरीलाई पक्राउ गरिएको दुई पार्टीको निष्कर्ष रहेको जिकिर गरे ।
हाले अव दूई पार्टीका शीर्ष नेता बसेर आगामी कदमकाबारेमा आवश्यक निर्णय लिइने उल्लेख गर्नुभयो । चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी नेता कार्यकर्ताले नारावाजी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया