माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहन्छ : महासंघ

नेपालखोज २०८२ वैशाख १७ गते १५:१४

काठमाडाैं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगाएतका माग राख्दै महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको हो ।

आफुहरुको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ । आन्दोलनमा रहेका शिक्षकहरुले आफुहरुको मुख्य माग विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने रहेको बताए ।

तर आफुहरुको आन्दोलनलाई तलव भत्तासँग जोडेर प्रचार गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । आफुहरुसँग यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरु विद्यालय बन्द गरेर लामोसमयदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

प्रतिक्रिया