प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को बैठक, शिक्षककाे आन्दोलन समाधान गर्ने एजेन्डा
नेपालखोज
२०८२ वैशाख १७ गते १७:०९

फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका जनायएकाे छ । बैठकको मुख्य एजेन्डा शिक्षक आन्दोलनलाई समाधान गर्नु रहेको बुझिएकाे छ ।
नेपाल शिक्षक महासंघले आफ्ना मागहरूमध्ये केही मन्त्रिपरिषदबाट र केही संसदबाट सम्बोधन गर्नुपर्ने माग राखेको छ । मन्त्रिपरिषद्बाट टुंगिनुपर्ने मागहरूमा सहमति भएमा परीक्षा सञ्चालनलगायतका शैक्षिक गतिविधिमा सकारात्मक सहयोग गर्ने महासंघले जनाउँदै आएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया