गर्भनर नियुक्तीमा उमेर हद नहटाउन सर्वोच्चको आदेश
नेपालखोज
२०८२ वैशाख १७ गते १८:०३

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर लगायत अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिमा उमेर हद नहटाउन सरकारलाई यसअघि दिएको आदेशलाई पुन निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले बुधबार यसअघिकै आदेशलाई निरन्तरता दिएको हो ।अधिवक्ता विशाल थापालगायतले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा सरकारले गरेको उमेर हद संशोधनविरुद्ध थापालगायतले रिट दायर गरेका थिए । त्यसमा अल्पकालीन आदेश दिँदै सरकारलाई ६५ वर्षे उमेर हद नहटाउने आदेश भएको थियो ।
सो रिटपछि भावी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गर्न खोजेको भन्दै यसविरुद्ध पूरक निवेदन समेत दर्ता गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया