शनिबार, असार ७, २०८२

‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’

नेपालखोज २०८२ वैशाख १७ गते २०:२७

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् । आज यहाँ पत्रकारसँग उहाँले पार्टीको महाधिवेशन विसं २०८२ मङ्सिर भित्रमा हुने बताए ।

आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ । उनले भने, विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ । वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया