शनिबार, असार ७, २०८२

श्रमिकलाई रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ : देउवा

नेपालखोज २०८२ वैशाख १८ गते १२:०३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको बृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताएका हुन् ।

आफ्नै देशमा ज्ञान सिपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पुरा गर्नुपर्ने उनले बताए । उनले असंगठीत श्रमिकको पहिचान गरि पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको धारणा राखे ।

उहाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

प्रतिक्रिया