रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुन सक्छ : सियोल

नेपालखोज २०८२ वैशाख १८ गते १५:३५

काठमाडौं । उत्तर कोरियाको हालै अनावरण गरिएको युद्धपोतमा रुसी सहयोग समावेश हुनसक्ने दक्षिण कोरियाली सेनाले बिहीबार बताएको छ । तर सेनाले ‘अझ विस्तृत विश्लेषण’ गरिरहेको भन्दै सावधानी अपनाएको छ ।

प्योङयाङले हालै चो ह्योन नामक पाँच हजार टनको विध्वंसक-श्रेणीको जहाजको अनावरण गरेको छ । केही विश्लेषकले यो छोटो दूरीको सामरिक आणविक मिसाइलले सुसज्जित हुन सक्ने बताएका छन् ।

ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस) का प्रवक्ता ली सुङ-जुनले दक्षिण कोरियामा पत्रकारलाई रुसले युद्धपोतमा सहयोग गरेको हुनसक्ने बताए ।

उत्तर कोरियाले सोमबार पहिलो पटक युक्रेनमा मस्कोलाई युद्धमा समर्थन गर्न रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको थियो ।

दुवै देशले यस हप्ता उनीहरूले दुई छिमेकीलाई जोड्ने पहिलो सडक पुल निर्माण गर्न थालेको घोषणा गरेका छन् ।

प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले यस हप्ता जहाजको दुई-दिने हतियार परीक्षणको पहिलो दिनको निरीक्षण गरे । निरीक्षण अवधिमा उनले अधिकारीहरूलाई ‘नौसेनाको आणविक सशस्त्रीकरण तीव्र पार्ने’ कार्यमा काम गर्न आदेश दिए ।

उत्तर कोरियाले ‘सबैभन्दा शक्तिशाली हतियार’ ले सुसज्जित भएको दाबी गरेको विध्वंसक ‘अर्को वर्षको सुरुमा सञ्चालनमा आउने’ बताएको छ ।

परीक्षणको समयमा किमले उत्तरको जहाजमा आधारित आगो फायरवार प्रणाली ‘सबभन्दा शक्तिशाली आक्रमण साधन जस्तै सुपरसोनिक क्रुज मिसाइल, रणनीतिक क्रुज मिसाइल र ट्याक्टिकल ब्यालिस्टिक मिसाइलसँग प्रभावकारी रूपमा संयोजित’ थियो । भने ।

लीले यसको तैनाथीमा थप समय लाग्ने सम्भावना रहेको बताए । रासस

प्रतिक्रिया