छिटै ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ : अध्यक्ष दाहाल
नेपालखोज
२०८२ वैशाख १८ गते १५:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिटै ठूलो आन्दोलनमा जाने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिटै ठूलो आन्दोलनमा जाने बताएका हुन् ।
अध्यक्ष दाहालले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख गरे । आफुहरुको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै उनले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए ।
सरकारले सुशासनबिरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खवरदारी गरिरहेको उनले बताए । अध्यक्ष दाहालले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई प्ररास्त गरेरै छाड्ने धारणा राखे ।
सम्बन्धित

प्रतिक्रिया