बिहीबार, वैशाख १८, २०८२

ट्याक्टरसहित तीनजना नियन्त्रणमा

नेपालखोज २०८२ वैशाख १८ गते २१:४३

जनकपुरधाम । डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।

मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको सूचनाको आधारमा आज वनका कर्मचारीको टोलीले ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख विनोद सिंहले जानकारी दिए ।

सवडिभिजन वन कार्यालय पुष्पवलपुर तथा जिल्लाबाट खटिएको संयुक्त टोलीले ज१त ४८५६, ज१त ६३७७ तथा मधेस प्रदेश ०२–००१ २८७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए ।

ट्याक्टरसँगै मिथिला नगरपालिका–५ विश्रामपुरका सामेली उछामी, समिर भुजेल र सुन्दर कुमारलाई नियन्त्रणमा लिइएको हो । कार्यालय प्रमुख सिंहका अनुसार नियन्त्रणमा लिएका तीनै जनामाथि वन ऐनअनुसार कारबाही हुने बताए । रासस

प्रतिक्रिया