सुनको मूल्य स्थिर
नेपालखोज
२०८२ वैशाख १९ गते ११:१८

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया