शुक्रबार, वैशाख १९, २०८२

नेपालभरका प्रयोगकर्ताका लागि रियलमीको सरल किस्ता योजना

नेपालखोज २०८२ वैशाख १९ गते ११:३२

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनलाई नेपालभरका प्रयोगकर्ताका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् ।

रियलमीको यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजले प्रयोगकर्तालाई थप सुविधा सम्पन्न स्मार्टफोन सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यो योजना अन्तर्गत, प्रयोगकर्ताले रियलमीका लोकप्रिय मोडल छनौट गर्न सक्नेछन् । ३३,९९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३,५९९ रुपैयाँको डाउन पेमेन्टमा र १,६९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ ।

त्यस्तै थप बजेट-अनुकूल विकल्प खोज्नेका लागि, रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) रु.२६,९९९ मा उपलब्ध छ, जसमा रु. १०,७९९ को डाउन पेमेन्ट र रु. १,३४९ को मासिक किस्तामा उपलब्ध छ ।

त्यसैगरी वैकल्पिक रूपमा, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको सि७५ रु. २९,९९९ मा खरिद गर्न सकिन्छ, जसको डाउन पेमेन्ट ११,९९९ रुपैयाँ र मासिक भुक्तानी केवल १,४९९ रुपैयाँ मात्र हुन्छ ।

विशेष गरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ता, विद्यार्थी र पहिलो पटक स्मार्टफोन खरिदकर्ताका लागि उपयुक्त रहेको छ । यो योजना अब देशभरका आधिकारिक रिटेल स्टोरमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया