शुक्रबार, वैशाख १९, २०८२

अपहरणमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

नेपालखोज २०८२ वैशाख १९ गते १३:५३

पर्सा । बारा कलैया उपमहानगरपालिका-१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका-३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् ।

सुधिरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सुधिरलाई सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया