शनिबार, वैशाख २०, २०८२

नेप्से २६ सय २३ बिन्दुमा, सातामा ३६ अर्ब ७३ करोडको शेयर कारोबार

नेपालखोज २०८२ वैशाख १९ गते १६:५८

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय २३ दशमलव ८३ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४२ बिन्दुुमा कायम भएको छ ।

यो साता तीन सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख १२ हजार दुई सय एक पटकको कारोबारमा नौं करोड ५२ लाख ६० हजार सात सय ३१ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ३६ अर्ब ७३ करोड ८१ लाख ६४ हजार आठ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैंयाँले कम हो ।

गत साता तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ५९ हजार दुई सय ६० पटकको कारोबारमा १० करोड ३३ लाख १५ हजार तीन सय ९४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४० अर्ब ९८ करोड ५४ लाख ९० हजार सात सय ८२ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन बढेको नेप्से त्यसपछिको तीन कार्य दिन लगातार घटेको थियो भने अन्तिम कारोबार दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक तीन दशमलव ५८ अंकले उकालो लागेर २६ सय ६१ दशमलव ६० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८१ अंकले उकालो लागेर चार सय ४९ दशमलव आठ बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक १४ दशमलव ५३ अंकले ओरालो लागेर २६ सय ४७ दशमलव सात बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले ओरालो लागेर चार सय ४५ दशमलव ४८ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक १५ दशमलव आठ अंकले ओरालो लागेर २६ सय ३१ दशमलव ९८ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ५४ बिन्दुमा झरेको थियो । चांैंथो कारोबार दिन पनि नेप्से परिसुचक आठ दशमलव १४ अंकले ओरालो लागेर २६ सय २३ दशमलव ८३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले ओरालो लागेर चार सय ४२ बिन्दुमा झरेकोे थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड, राधी जलबिद्युत कम्पनी आदि परेकाछन् । सेयर कारोवार भएको संख्याको आधारमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी ङादी ग्रुप पावर लिमिटेड अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया