शनिबार, वैशाख २०, २०८२

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

नेपालखोज २०८२ वैशाख २० गते ९:२४

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

युनेस्कोले यस वर्षका लागि ‘एआई ९कृत्रिम बौद्धिकता०लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय’ भन्ने नारा तय गरेको छ ।

एआईको सहायताले छिटो र सहज रिपोर्टिङ सम्भव भए पनि पत्रकारको पेशागत सुरक्षासँगै तथ्य, निष्पक्षता र पारदर्शितामा प्रश्न उठाइरहेको सन्दर्भमा यो नारा अर्थपूर्ण रहेको छ ।

सन् १९९१ मे ३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा पत्रकारहरूको सम्मेलन भएको थियो ।

यो दिवसले विन्डहुक घोषणापत्रको ऐतिहासिक सन्देश– स्वतन्त्र, निष्पक्ष र सुरक्षित प्रेस लोकतन्त्रको आधारशिलालाई पुनः स्मरण गराउँछ ।

प्रतिक्रिया