आइतबार, वैशाख २१, २०८२

नीति तथा कार्यक्रमलाई ढुक्कसँग समर्थन गर्न ओलीको निर्देशन

नेपालखोज २०८२ वैशाख २० गते १५:१४

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकता दिएकाले खुलेर समर्थन गर्न निर्देशन दिएका छन् ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा उनले नीति तथा कार्यक्रम सही भएकाले ढुक्क भएर समर्थन गर्न निर्देशन दिएका हुन् । सत्य-असत्य जे भए पनि विपक्षी दल विरोधमै लाग्ने उनको आरोप छ । ओलीले संसद्‌मा बोलेका गलत भनाइ पनि रेकर्डमै रहनुपर्ने धारणा राख्दै सांसदलाई तयारीसहित स्पष्ट र तथ्यमा आधारित रूपमा बोल्न आग्रह गरे ।

संसद्‌मा बुँदा बनाएर जान र त्यसको व्याख्या गर्न सजिलो हुने भएकाले सोही विधि अपनाउन पनि ओलीले सांसदलाई सुझाव दिए ।

प्रतिक्रिया