सांस्कृतिक कूटनीति सुदृढ बनाउन नेपाली परिकारलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरिने
नेपालखोज
२०८२ वैशाख २० गते १५:२६

काठमाडौं । सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ ।
एशोसिएशन आफ्नो ३०औँ स्थापना दिवसको अवसर पारेर आज यहाँ पत्रकार सम्मेलन गरी वैशाख २५ गते नेपाली खानालाई विश्वमाझ प्रवर्द्धन गर्ने जानकारी दिएको हो ।
एशोसिएशनका अध्यक्ष रेशमकुमार तामाङले नेपाली खानाको विकास, पहिचान र अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरेर संस्थाको ३० औँ वार्षिकोत्सव मनाइने बताए । यसबाट देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
एशोसिएशनले नेपाली खाना र पाककलाका माध्यमबाट सांस्कृतिक कूटनीति सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया