मुलुकमा आर्थिक सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको छ : मन्त्री सिंह
नेपालखोज
२०८२ वैशाख २० गते १६:५७

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा आर्थिक सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले अर्थतन्त्रमा देखिएको समस्या लगाएतलाई समाधान गर्ने गरि गम्भीर भएर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए । राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सिंहले नागरिकको जीवनलाई सहज बनाउने बाटोमा सरकार रहेको जिकिर गरे ।
उनले धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानको भावना अनुरुप आफ्ना अधिकारको अभ्यास गर्न पाएको कुरा भूल्न नहुने बताए
उनले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य-मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित
प्रतिक्रिया