इतिहासलाई पछाडी फर्काउने खोज्ने प्रतिगामीलाई गतिलो जवाफ दिने छु : अध्यक्ष दाहाल
नेपालखोज
२०८२ वैशाख २० गते १७:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडी फर्काउने खोज्ने प्रतिगामीलाई गतिलो जवाफ दिने बताएका छन् ।
शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिले पनि यथास्थीतिबादी र प्रतिगामीले इतिहासलाई पछाडी फर्काउने र प्राप्त उपलव्धीलाई खोस्ने दुस्साहत गरेको भन्दै गतिलो जवाफ दिने बताए । अहिले सडक र सदनबाट माओवादीले खवरदारी गरिरहेकाले आवश्यक परे ठूलो आन्दोलन समेत गर्ने उनले बताए ।
उनले समग्रमा सवैतर्फ माओवादीको गतिशिलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चूनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे । अध्यक्ष दाहालले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे ।
सम्बन्धित
प्रतिक्रिया