आइतबार, वैशाख २१, २०८२

अफगानिस्तानमा बाढीका कारण दुई जनाको मृत्यु, तीन घाइते

नेपालखोज २०८२ वैशाख २१ गते २१:२१

काठमाडौं । अफगानिस्तानको उत्तरमा पर्ने बदख्शान प्रान्तमा भीषण वर्षाका कारण आएको आकस्मिक बाढीले कम्तीमा दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको एक स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् ।

प्रान्तको जोर्म जिल्लामा आएको बाढीले २७९ एकड कृषि भूमि, तीन किलोमिटर ग्रामीण सडक, थुप्रै आवासीय घर र पानीको नाला बगाएको जानकारी प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख मौलवी मोहम्मद अक्रम अक्बारीले दिए । उनले भने, ‘हामीले बहारक, वार्दोज र यामगान जिल्लामा क्षतिको मूल्याङ्कन गर्नका लागि टोली पठाएका छौं ।‘

शनिबारदेखि अफगानिस्तानका अधिकांश भागमा वर्षा भइरहेको छ । देशको मौसम विभागले ३४ मध्ये २० प्रान्तमा थप वर्षा र बाढीको चेतावनी दिएको छ ।

प्रतिक्रिया